स्याङ्जामा बलोरो दुर्घटना १२ घाइते

२०८० श्रावण १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १९ साउन । भिरकोट नगरपालिका ६ कार्कीडाँडा स्थित भित्री सडक खण्डमा आज साझ करिब ७ बजे बलोरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बयारघारीबाट तिसेदी तर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरकाे बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई सडकमै पल्टिदा जिपमा सवार चालक सहित १२ जना घाइते भएका छन् ।

घाइते मध्य भिरकोट न.पा.९ बस्ने वर्ष २७ की सन्तोषी रेग्मि,निजको छोरा वर्ष ६ को अन्मोल रेग्मि, साेहि ठाउँ बस्ने वर्ष ३० को गंगाराम रेग्मि,भिरकोट न.पा. ६ बस्ने वर्ष ६० को दिल वहादुर रोकाहा,भिरकोट न.पा.६ बस्ने बर्ष २३ कि अनुपुन मगर, साेहि ठाउँ बस्ने बर्ष ४ कि प्रतिक्षा परीयार र साेहि ठाउँ बस्ने बर्ष २ को प्रतिष परीयारकाे गण्डकी अस्पताल पोखरा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार साेहि ठाउँ बस्ने वर्ष ४८ की लक्ष्मि बराल,साेहि ठाउँ बस्ने वर्ष ५१ को सोम वहादुर गोदार र साेहि ठाउँ बस्ने वर्ष ६५ की बाटुली सारु मगरकाे कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेकाे छ ।

त्यस्तै साेहि ठाउँ बस्ने वर्ष ७१ को बम वहादुर रोकाहा र साेहि ठाउँ बस्ने वर्ष ७ की जेनिसा रोकाहा उपचार पछि घर फर्किएको प्रहरीले जनाएकाे छ । चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय