धादिङमा डेङ्गुबाट २ जनाको मृत्यु, १७७७ संक्रमित

२०८० श्रावण ३२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्री अधिकारी

धादिङ,३२ साउन । धादिङमा आज ७३ जनामा डेङ्गु संक्रमण देखिएको छ । डेङ्गुका कारण एक जनाको मृत्यु भएको छ ।

ज्वालामुखी निवासी एक ७२ बर्शिय महिलालाइ जटिल भएपछी जिल्ला अस्पताल धादिङबाट काठमाडौं रिफर गरिएको थियो । उहाँको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमामा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज डेङ्गु संक्रमण हुनेमा निलकण्ठ नगरपालिकामा ६४ जना, सिद्धलेकमा ५ जना, ज्वालामुखीमा २ जना, गजुरिमा १ जना र अन्य १ जना गरि ७२ जना छन । यो सङ्गै धादिङमा डेङ्गु संक्रमितको संख्या १७७७ जना पुगेको छ भने मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय