नेपाल एयरलाइन्सले साउदीको दमाममा उडान थाल्ने, हप्ताको दुई दिन उडान हुने

२०८० भाद्र ३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,३ भदौ। राष्ट्यि ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ ।

काठमाडौंबाट साउदीको लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुसार यहाँ भदौ २० अर्थात ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको छ ।

यस रुटमा हप्ताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ । थप माग अनुसार गन्तव्य विस्तार गरिने पौडेलले जानकारी दिनुुभयो । काठमाडौं(दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।

दमाम(काठमाडौंका लागि भने ५९५ साउदी रियाल फेयर तोकिएको छ । साउदी धेरै नेपाली रोजगारीमा जाने गन्तव्य हो । यसले नेपालीहरुको आवतजावतलाई ठूलो राहत पुग्ने पौडेलले बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय