पोर्चुगल,१३ भदौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी १७/२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३/२५ कार्यकालका लागि पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले आईसिसि सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएकाे छ । नेपाली नारी समाज र महिला समाज पोर्चुगलको आइतवार लिस्बनमा आयोजित संयुक्त अधिवेशनको अवसरमा गैरेले सह कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएकाे हाे । गैरे हाल एनआरएनए युरोप क्षेत्रका उपसंयोजक (डिआरसी) रहनुभएकाे छ ।
पोर्चुगलमा कृषि व्यवसाय र नेपालमा विभिन्न ब्यावसायमा संलग्न गैरेले सयौं नेपाली लगायत श्रमिकहरुलाई रोजगारी दिनुभएकाे छ । गैरेको नेपालमा हाइड्रोपावर र होटल व्यवसायमा ठुलो लगानी रहेको छ ।
गैरे १५ बर्षदेखि एनआरएनएको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका अाउनुभएकाे छ । गैरेले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा समिती संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएकाे छ भने हाल युरोप क्षेत्रको उपसंयोजक (DRC) को रूपमा क्रियाशील रहनुभएकाे छ ।
गैरेले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन २०२३/२५ कार्यकालको लागि आईसिसि सह-कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयाे । संघमा उहाँले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि आफूले खेल्ने भूमिकालाई मूल्यांकन गरी आफूलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन सम्पुर्ण अभियन्ता र गैर आवासीय नेपालीहरुमा आग्रह गर्नुभएकाे छ । नम्र र शालीन स्वभावका गैरे सफल व्यवसायी र समाजसेवीको रूपमा विश्वमा परिचित हुनुहुन्छ ।