गल्याङमा मोटरसाइकल दुर्घटना

२०८० भाद्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई
स्याङ्जा , १५ भदौ । गल्याङ नगरपालिका वडा न ३ भञ्ज्याङ बारिमा मोटरसाइकल दुर्घटना भएको छ ।

सिद्धा र्थ राजमार्ग जिरोबाट गल्याङ तर्फ आउदै गरेको प्रदेश ३-०२-०२२ प ७५८० नम्बरको मोटरसाइकल गए राति १ : १० बजे आफै अनियन्त्रित भइ नालिमा पल्टिएको हो ।

मोटरसाइकल चालक गल्याङ नगरपालिका वाड न ४ बस्ने १९ बर्षका शिवम गाहा घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पावल सिह लामाले जानकारी दिनुभयो ।

गाहाको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पठाइएको प्रहरीले जनाएको छ । घाइते को अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार