वालिङमा डेंगुको कारण एकको मृत्यु

२०८० भाद्र १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा ,१७ भदौ । वालिङमा डेंगुको कारण एक जनाको मृत्यु भएको छ । डेंगुको संक्रमण भएपछि उपचारका लागि पोखरा गएका एक विरामीको उपचारका क्रममा मृत्यु भएको हो ।

वालिङ नगरपालिका वडा नं. १३ का ४४ बर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरामा मृत्यु भएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

स्याङ्जाको वालिङमा ६ जना डेंगुको बिरामी फेला परेका वालिङ स्थित गह«ौं प्राथमिक अस्पतालले जनाएको छ ।
अस्पतालमा उपचारकालागि आएका बिरामीहरुको रगत परीक्षण गर्दा डेंगुको सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा। सुरज ढकालले बताउनुभयो ।

यो सँगै जिल्लामा डेंगुको कारण मृत्यु हुुनेको संख्या दुई पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय