नौजनालाई अनेसास नवरत्न पुरस्कार

२०८० भाद्र २१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २१ भदौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २ सय पचास डलरसहित सम्मान(पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपानेसंलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा(न्यूयोर्क), मञ्जु कार्की संग्रौला ( डिसी(समाजसेवा),माया गुरूङ् (साहित्य – बेलायत),रीतादेवी प्रधान( क्यालिफोर्निया साहित्य),शान्ता घिमिरे ( न्यूजर्सी साहित्य ), डा. संगीता स्वेच्छा( साहित्य बेलायत) र सुनिता डंगोल ( उपमेयर – काठमाडौँ, समाजसेवा) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय