कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते

२०८० भाद्र २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

यस अघि असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गतेका लागि तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय