पिडिखोलामा शिक्षाको ज्योति छरेर अस्ताएका लिलाधर

२०८० भाद्र २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२७ भदौ । उबेलामा नत शिक्षक नै नत प्रशस्त थिए नत बिधालय नै । यहीँ अभावका बीच आफुले भारतमा आर्जन गरेको ज्ञान बाडेर गाउँमा शिक्षाको ज्योति फैलाउनु भएका लिलाधर सुवेदी आफुले छरेको ज्ञानको ज्योति छाडेर पृथ्वीबाट बिदा हुनुभएको छ ।

१९९२ जेष्ठ ६ गते स्याङ्जाकाे गल्याङ नगरपालिका ६ पिडिखोलामा जन्मनु भएका सुवेदीको २०८० भदौ २१ गते आफ्नै निवासमा मृत्यु भयाे । पिडिखोलाको स्कुल स्थापना देखि त्यस क्षेत्रमा शैक्षिक क्षेत्र विकासका महत्त्वपूर्ण योगदान पुर्याउनु भएका सुवेदीले यस क्षेत्रमा अमर छाप छोड्दै बिदा हुनुभएको छ ।

मृत्यु हुनुभएका लिलाधर सुवेदीलाई सम्झदै स्थानीय घनलाल सुवेदीले आफुले शिक्षाको प्रारम्भिक अध्ययन उहाँबाटै सिकेको अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो ‘सुरुमा स्कुल पनि थिएन,यहीँ डुडेको एउटा घरमा पढाई हुन्थ्यो । पढाए बापत जस्ले जे दिनसक्छ त्यहीँ लिनु हुन्थ्यो ।’ पढाएपछी पैसानै चाहिन्छ भन्ने सोचाइ कहिल्यै पाइएन ।समाजलाई शिक्षित बनाउनुपर्छ भन्ने अभियानमा लाग्नु भएका सुवेदी सत्यग्रह आन्दोलनमा जेल परेको पनि स्थानीय घनलाल सुवेदीले बताउनुभयो । सुवेदीले मृत्यु हुनुभएका लिलाधर सुवेदीलाई सम्झदै भन्नुभयो ‘सत्यग्रह आन्दोलनमा प्रहरीले पक्राउ गर्दा गित गाउनु हुन्थ्यो त्यो गित अझै पनि झल्झली सम्झना छ ।’ उहाँले सत्यग्रहको समयमा प्रहरीले लाठी चार्ज गरेपछि गाउनु भएको गित यस्तो छ । ‘सत्यग्रह तिम्रै हो भाई, लाठीचार्ज नगर हामीलाई ।’

जिबनमा निकै संघर्ष गरी दियो बनेर उदाउनु भएका लिलाधर सुवेदी प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय