गरिमाको टिकटक प्रतियोगितामा बढ्दै सहभागी प्रथम हुनेलाई ३० हजार, भिडियो असोज ६ गते भित्र पोस्ट गरिसक्नुपर्ने

२०८० भाद्र २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२७ भदौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरेर गरिमा विकास बैंकले टिकटक प्रतियोगिता सार्वजनिक गरेको छ ।

विकास बैंकको टिकटक एकाउन्टमा अपलोड भएको गरिमा विकास बैंकको गितमा अभियान गरि टिकटक बनाउने बाट बिजेता छनोट गरिने बैंकले एक प्रेस बिज्ञाप्ति मार्फत जनाएको छ । जसको लागि असोज ६ गते भित्र मात्रै अपलोड भएका भिडियोलाई प्रतियोगितामा छनोट गरिने बैंकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ३०,०००० (तीस हजार) रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने द्वितीय हुनेलाई २०,००० (बीस हजार) रुपैयाँ , तृतीय हुनेलाई १०,०००० (दस हजार) रुपैयाँँ र सात जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार ५,००० (पाँच हजार) रुपैयाँ प्रदान गरिने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय द्वारा जारी गरिएको बिज्ञाप्तिमा उल्लेख गरिएको छ ।

तिज लक्षित प्रतियोगिता गरिएको हुँदा महिलाहरुलाई मात्र प्रतियोगितामा सहभागी गराइने छ । जसको लागि भिडियो अपलोड गर्दा बैंकका दुईवटा ह्याट्याक भने अनिवार्य प्रयोग गर्नुपर्ने छ । नयाँ पन सहित बैंकको गितमा अभियान हुनुपर्ने लगायतका केहि सर्त समेत बैंकले सार्वजनिक गरेको छ । जसमा एउटै व्यक्तिले फरकफरक आइडीबाट भिडियो अपलोट गर्न नपाइने, बैंकको फेसबुक पेज र टिकटकलाई लाइक र फलो अनिवार्य गर्नुपर्ने लगायतका सर्त समेत सार्वजनिक गरिएको छ ।

भ्युज, भिडियोले प्रदान गर्ने सन्देश, भिडियोमा आएका लाइक कमेन्टका आधारमा विजेता घोषणा गर्ने बैंकले जनाएको छ ।

प्रतिस्पर्धीहरुको लागि बैंकले केही नियम र सर्तहरु समेत सार्वजनिक गरेको छ ।

शर्त तथा नियमहरु :

क) यो टिकटक प्रतियोगिता २०८० भाद्र २४ देखि २०८० आश्विन ६ गते (१४ दिन) सम्म चल्ने छ ।
ख) प्रतियोगितामा भाग लिनुहुनेहरुले अनिवार्य यस बैंकको फेसबुक र टिकटकमा लाईक र फलो गरेको हुनुपर्नेछ ।
ग) यस प्रतियोगितामा महिलाहरु मात्र भाग लिन पाउनेछन् ।
घ) बैंकले आफ्नो आधिकारिक टिकटकमा अपलोड गरेको अडियोमा मात्र टिकटक भिडियो बनाउनु पर्ने हुन्छ साथै अनिवार्य आफ्नो भिडियोको क्याप्सनमा #GarimaTeej#Garimabikasbank प्रयोग गरेको हुनुपर्नेछ।
ङ) भिडियोमा नयाँपन हुनुपर्नेछ साथै कतैबाट अरुको भिडियो वा पुरानो भिडियो अपलोड गरेको हुनुहुदैन साथै भिडियो बनाउँदा सामाजिक मर्यादामा रहेर सभ्य तवरले बनाएको हुनुपर्दछ ।
च) एकजना प्रतियोगिको एउटा मात्र भिडियो मान्य हुनेछ । यदि फरक टिकटकबाट एकै जनाले भिडियो बनाएको भेटिएमा उक्त भिडियो प्रतियोगिताको लागि अमान्य हुनेछ ।
छ) भिडियोमा सबैभन्दा बढी लाईक आएको आधारमा विजेता घोषित गरिनेछ र प्रथम हुनेले रु ३०,००० द्धितिय हुनेले रु २०,००० तितृय हुनेले रु १०,००० र बाँकी ७ वटा भिडियोले समान ५,००० नगद जित्नुहुनेछ ।
ज) पुरस्कार राशीमा कर काटिनेछ ।
झ) पुरस्कार राशी सिधै विजेताको यस गरिमा विकास बैंकको खातामा पठाईनेछ । यदि कुनै विजेताको यस बैंकमा खाता छैन भने पनि नयाँ खाता खोल्नुपर्ने हुनेछ ।
ञ) बैंकले विजेता घोषणा गरेको १ हप्ता भित्र पुरस्कार राशी विजेताको यस विकास बैंकको खातामा पठाईनेछ, यदि विजेताले १ हप्ता भित्र यस विकास बैंकमा खाता खोल्न असफल रहेमा यस विकास बैंक भविष्यमा उक्त विजेतालाई पुरस्कार राशी दिन बाध्य हुनेछैन ।
ट) यदि बैंकले विजेताको भिडियो प्रयोग गर्न चाहेमा विजेताले भविष्यमा कुनै पनि कपिराईट दावी गर्नेछैन ।
ठ) प्रतियोगिता सम्बन्धि सबै अधिकार बैंकसँग हुनेछ र बैंकले विना कुनै सूचना यो प्रतियोगिताको नियम परिवर्तन वा रद्ध गर्न सक्नेछ ।
गरिमाको टिकटक एकाउन्टमा प्रतियोगिताको लागि राखिएको भिडियो
गरिमाको टिकटक एकाउन्टमा प्रतियोगिताको लागि राखिएको भिडियो
यो तीजमा छमछमी नचाउने त गरिमा नै हो । गरिमा विकास बैंक लिमिटेड । तीज विशेष गित

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय