काठमाडौ, ३० भदौ । स्याङ्जा बाट विभिन्न सिलसिलामा काठमाडौ आएका राष्ट्रिय प्रजातन्त्र पार्टीमा आस्थावानहरु संगठित भएका छन् ।
जिल्लावासिहरुलाई अप्ठ्यारो पर्दा हरेक क्षेत्रबाट सहयोग गर्न सकियो भन्ने उदेश्यका साथ राप्रपामा अवास्थावानहरु संगठित भएको स्याङ्जा काठमाडौ सम्पर्क समितीका अध्यक्ष विनोद गुरुङको भनाइ छ । पछिल्लो समय रहेको कुरामा राजनीति भएको भन्दै आफुहरु राजनैतिक रुपमा संगठित भएपनि गैर राजनैतिक ढंगले सामाजिक कार्यमा लाग्ने उहाँको धारणा राख्नुभयाे ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदिनेका प्रमुख आतिथ्यतामा पार्टीको केन्द्रीय कार्यालयमा भएको भेलाको अध्यक्ष स्याङ्जा काठमाडौँ सम्पर्क समितिका संयोजक तुलसी ठकुरीले गर्नुभएको थियो ।
भेलाले राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जा काठमाडौं सम्पर्क समितिको अध्यक्षमा विनोद गुरुङ सहित १७ सदस्य कार्यसमिति चयन गरेको छ । जसकाे उपाध्यक्षमा खिमानन्द पौडेल,सचीवमा यम प्रसाद भट्टराई, सह-सचीवमा भुवन सिं रोक्का, कोषाध्यक्षमा सत्य कुमार गुरुङ,सदस्यहरुमा,तुलसि ठकुरी,विष्णु प्रा.पाण्डे,हरी पुरी,पवन गैरे, राजेन्द्र मान गुरुङ,नवराज पौडेल, निर्मला दाहाल पराजुली,विशाल काफ्ले, सन्दीप पोखेल, नर बहादुर के.सी,पुर्ण बहादुर थापा,श्याम कृष्ण श्रेष्ठ रहनु भएको छ ।
भेलाले १० सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । जसमा तोरन बहादुर गुरुङ,पञ्चराम गुरुङ,देव कुमारी पराजुली,हिक्मत जंग कार्की,लोकनाथ तिवारी,उदय पोख्रेल,प्रकाश जंग कार्की,लाल गोपाल अर्याल,मनी प्रसाद पाठक,कमल प्रसाद डुम्रे रहनु भएको छ ।