स्याङ्जामा चक्कु प्रहार बाट एक घाइते

२०८० भाद्र ३१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा ,३१ भदौ । वालिङमा चक्कु प्रहार गरि एक जना घाइते भएका छन ।

आइतबार साझ ६ : ४० मा वालिङ् नगरपालिका वडा न १० पण्डितथोक बस्ने २० बर्षका भद्रबहादुर थापालाई आफ्नै सानिआमाको छोरा २० बर्षका पुजन आलेले तरकारी काट्ने चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी पावल सिंह लामाले जानकारी दिनुभयो ।

घाइतेलाई टाउको ,बायाँ हात र दाहिने हातमा चक्कु प्रहार भएको छ । घाइतेलाई ७ : ३० बजे उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ् मा उपचार गरि ७:४५ मा पोखरा रिफर गरिएको प्रहरी जनाएको छ ।

घाइतेको अवस्था मध्यम र बोल्न सक्नेछ । भने चक्कु प्रहार गर्ने आलेलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको छ । बढि बोल्यो भनी विवाद भइ चक्कुले हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार