स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते

२०८० आश्विन १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १५ असोज । स्याङ्जाको भिरकोट नगरपालिकामा २ त्रिदेवी टोलमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा भिरकोट नगरपालिका २ बयरघारीमा कोठा भाडा गरी बस्दै आएका २५ वर्षीय मिलन बहादुर गुरुङ् रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द खनालका अनुसार सिद्धार्थ राजमार्गमा बयरघारीबाट दहथुम तर्फ जाँदै गरेको ग १ प १६४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते भएका गुरुङको दुबै हात र मुखमा चोट लागेको छ । उहाँको आरे मेडिकल बयरघारीमा सामान्य उपचार गरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिपर गरिएको प्रहरी जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार