गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार

२०८० आश्विन १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १५ असोज । काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो ।

साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन्। उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार