गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार (थप अपडेट)

२०८० आश्विन १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ असोज । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहार भएको स्थानमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार गौशालाको पिके डायग्नोस्टिक सेन्टरमा सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि चक्कु प्रहार भएको हो । उनीमाथि चक्कु प्रहार गर्ने बाराका नवल सहनी फरार रहेको प्रहरीको भनाइ छ । हुसेनको खुट्टामा गहिरो देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार