वैदेशिक शाखालाई समान व्यवहार गर्न प्रवासका पत्रकारहरूकाे माग

२०८० आश्विन १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युएई ,१५ असोज । नेपाल पत्रकार महासङ्घका वैदेशिक शाखालाई देशमा भएका शाखा बराबरको मान्यता प्रदान गर्न प्रवासमा रहेका पत्रकारहरूले आग्रह गरेका छन ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सन्तराम विराडी निजि भ्रमणका लागि युएई पुगेका बेला त्यहा कार्यरत नेपाली पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् ।

नेपाल पत्रकार महासङ्घ युएई शाखाको आयोजनामा आईतबार वर दुवईको नमस्ते ट्राभलमा आयोजना गरिएको केन्द्रीय सदस्य सन्तराम बिराडी सङ्गको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले नेपाल पत्रकार महासङ्घ केन्द्रले वैदेशिक शाखालाई प्रदान गर्ने अधिकार विभेदकारी भएको भन्दै आवाज उठाएका थिए । कार्यक्रममा प्रवासबाट गरिने पत्रकारिताको चुनौती र समस्यको बिसयमा समेत छलफल भएको नेपाल पत्रकार महासंघ युएई शाखाका निवर्तमान अध्यक्ष लक्ष्मण खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रवासमा रहेका पत्रकार र नेपाल रहेका पत्रकार बीच सम्बन्ध विस्तारको बिसयमा पनि छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य विराडीले युएईमा कार्यरत नेपाली पत्रकारले उठाएको विषय सान्दर्भिक भएको भन्दै यस विषयमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्य समितिमा छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युएईमा कार्यरत नेपाली पत्रकारहरुको उपस्थितिमा रहेको कार्यक्रमको सञ्चालन सचिव माधव न्यौपानेले सञ्चालन गर्नुभएको थियो । विराडी निजि भ्रमण सकेर आइतबार नै स्वदेश फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय