काठमाडौँबाट साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

२०८० आश्विन १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १८ असोज । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ ।

बुधबार राति सवा ११ बजे काठमाडौँबाट पाकिस्तानको कराँची पुगेको विमान फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज आसपास केही खतरा भए त्यसको सङ्केत दिने प्रविधि टिकासुमा खराबी भएपछि विमान फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार