बझाङ भूकम्प पीडितको उद्धार र व्यवस्थापनका लागि बैठक

२०८० आश्विन १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १८ असोज । बझाङमा गएको भूकम्पमा पीडितहरुको उद्धार र व्यवस्थापनका लागि सिंहदरबारमा बैठक बसेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बझाङ भूकम्प र पीडितको उद्धार, राहत र व्यवस्थापनको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बाह्रौं बैठक सिंहदरबारमा बसिरहेको हो ।

मंगलबार दिउँसो गएको ६।३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । निरन्तरको पराकम्पका कारण घाइते र पीडितहरु अझै घरमा पस्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार