नेपालगन्जमा दिउँसोको लागि हट्यो कर्फ्यु, राती भने कायमै रहने

२०८० आश्विन १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालगन्ज ,१८ असोज। बाँकेको नेपालगन्जमा लागेको कर्फ्यु आदेश १२ घण्टाका लागि हटाइएको छ ।
हिन्दु मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण १६ गतेदेखि जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।

पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँगा चोक र दक्षिणमा जमुनाहा सीमा नाका चार किल्ला तोकी अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएकोमा आज बिहान ८ बजेबाट राती ८ बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राती ८ बजेबाट भोली बिहान ६ बजेसम्म भने कर्फ्यु आदेश कायम रहने जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार