भारती आज पनि माइतीघरमा अनसन

२०८० आश्विन १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १८ असोज । संविधान दिवसका अवसरमा जेलबाट छुटेका रिगल भनिने योगराज ढकालको सजाय मिनाहा खारिजी गर्नुपर्ने मागसहित भारती मानन्धर आज पनि अनसन बसेकी छन् ।

उनले काठमाडौंको माइतीघरमा हिजोदेखि अनसन थालेकी हुन् । भारतीले आफ्ना श्रीमानको हत्या गर्ने रिगललाई सरकारले गरेको कैद सजाय मिनाहा फिर्ता गर्नुपर्ने माग राखेकी छन्। न्यायको माग गरिरहेकै बेला भारती हिजो सर्वोच्च अदालत परिसरमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो । आज पनि बिहान ८ बजेपछि अनसन थालेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताएकी छन् । उनले दायर गरेको मुद्दामा सर्वोच्चले आजका लागि पालो तोकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय