नेपाल क्रिकेट टीम स्वदेश फर्कियो, प्रहरीको बाजागाजासहित विमानस्थलमा स्वागत

२०८० आश्विन १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १८ असोज । चीनको हाङझाओमा जारी १९ औँ एसियाली खेलकुदमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली क्रिकेट टोलीलाई बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजा सहित स्वागत गरिएको छ । एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएको थियो । कडा टक्करका बाबजुत नेपालले भारतको युवा टिमसँग हार ब्यहोरेको थियो । स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नजिता नआएपनि समग्रमा प्रतियोगीता राम्रो भएको बताउनुभयो । उहाले विश्व कीर्तिमान बन्दा टिम धेरै नै खुशी भएको भन्दै निरन्तर रुपमा बलियो देशसंग खेल्न पाए अनुभव हासिल हुने धारणा राख्नुभयो ।

प्रतियोगीताको पहिलो खेलमा नेपालले मंगोलियामाथि थुप्रै विश्व कीर्तिमान कायम गर्न सफल भएको थियो भनेदोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय