वालिङकाे कपडा पसलमा आगालागी हुँदा लार्खौ क्षती

२०८० आश्विन १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१९ असोज । स्याङ्जाको वालिङ ६ मिर्दी स्थित एक कपडा पसलमा आगालागी हुँदा लार्खौ बराबरको क्षती भएको छ । विद्युत् सर्ट भएर आलमदेवी कपडा पसलमा आगालागी हुँदा लाखौं बराबरको क्षती भएको हो ।

५ बजेतिर एक्कासी कपडा पसलमा आगालागी भएको देखेपछि पसल संचालक देवी गुरुङ्ले हारगुहार गरेको स्थानीयले बताएका छन् । वालिङ नगरपालिकाको दमकल, शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयहरुको सक्रियतामा आगो नियन्त्रण लिने प्रयास गरिएको थियो । समयमै दमकल आईनपुग्दा कपडा पसल भित्र भएका सबै सामाग्रीहरु जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

आगालागीबाट रुई ग्रेडिङ मेसिन १ थान, भाडा बनाउने मेसिन १ थान, कपडा पेल्ने हेभि मेसिन १ थान, डिजिटल मेसिन २ थान, मेसिन ३ थान, काटा २ थान जलेर नष्ट भएको छ । त्यस्तै ११ टन कालो कपास, ४ सय केजी फाइवरको कपास, ५ सय केजी सेतो र कालो कपास, पुर्णरुपले जलेको छ । १ टिनले छाएको उद्योग पुर्णरुपले जलेर क्षती भएको प्रहरीले जनाएको छ ।

नुवाकोट जिल्ला बिदुर नगरपालिका ६ निवासी गंगासिंह तामाङ् र उहाँकी श्रीमती देवी गुरुङ्ले १० बर्षदेखी उक्त ठाउमा पसल संचालन गर्दै आउनुभएकाे थियाे । तामाङ् अहिले बैदेशीक रोजगारीमा बिदेश रहेको र गुरुङ्ले पसल संचालन गर्दै आउनु भएकाे थियाे । समयमा दमकल र विद्युत लाईन काट्न समस्या भएकाले ठुलो क्षती हुन पुगेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार