गल्याङमा पुरुष भलिबल प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रम हुने

२०८० आश्विन २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुबेदी
स्याङ्जा, २० असोज । गल्याङ नगरपालिका ५ सल्यानमा रहेको जे.एम.वाइ.सि. (JMYC) युवा क्लबको आयोजनामा आउदो २०८० कार्तिक १ गते पुरुष भलिबल प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ।

पुरुष मनबहादुर फौजालिको जन्मोत्सव साथै बिजया दशमीको पावन अवसरमा सल्यानको घरेलु खेल मैदानमा १३ औं ताम्केकोट क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

“‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद “भन्ने नाराका साथ गल्याङ नगरपालिका ५ सल्यानमा कार्यक्रम हुन लागेको हो ।

प्रतियोगितामा बिजेता टिमलाइ आकर्षक शिल्ड,मेडल र प्रमाणपत्र सहित प्रथम रु.५०,०००,दितिय रु .२५,०००, तृतीय रु. १२,००० र सान्त्वना रु. ५००० रकम सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने, क्लबका सचीव कृष्ण रानाले जानकारी दिनुभयो।

टाढाका पाहुना तथा खेलाडीलाई निश्चीत शुल्कमा खान र बस्नको व्यवस्था गरीएको कार्यक्रममा पाहुना तथा खेलाडीहरुले पर्यटकिय क्षेत्र ताम्केकोट परिसरको मनमोहक दृश्य अवलोकन, सेतिवेणि शिला शालिग्रामको दर्शन, भाल्थुककोट कालिका मन्दिरको दर्शन, अर्गानिक मगर खानाको व्यवस्था लगाएत राष्ट्रिय र स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने कार्यक्रम संयोजक देवेन्द्र रखाली मगरले बताउनु भयो। साथै दर्ता शुल्क रु।४०००र( रहेको प्रतियोगितामा सहभागी हुन चाहने क्लव वा समुहले असोज २९ र ३० गते सम्म दर्ता गरी कार्तिक ०१ गते कार्यक्रमको उद्धाटन गरी कार्तिक ०४ गते कार्यक्रमको समापन गरीने पनि बताउनु भयो।

शताब्दी पुरुष मनबहादुर फौजालिको विशेष जन्मदिन अवसर पारेर साथै ग्रामीण पर्यटकीय,धार्मिक महत्त्व बोकेको गल्याङ ५ अवस्थित ताम्केकोट क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्ने मुख्य उदेश्यले JMYC युवा क्लब सल्यानले कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष खेम रानाले हेर्नेकुरा अनलाइनलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय