शताब्दी पुरानो तुष, जसले छेडिरहेछ इजरायल-हमास युद्ध

२०८० आश्विन २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौं, २१ असोज। प्यालेस्टाइनको सशस्त्र समूह हमासले अचानक आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण थालेको छ । जसमा परेर आज आइतबार दिउँसोसम्ममा ६०० जना भन्दा धेरै नागरिकको मृत्यु भइसकेको छ ।

हमासले गरेको आक्रमणमा परेर इजरायलमा ३०० जनाको मृत्यु भएको हो । इजरायली सेनाले गरेको हवाइ आक्रमणमा परेर गाजा क्षेत्रमा ३१२ जना मारिएका प्यालेस्टाइनको दाबी छ ।

हमास विद्रोहीहरुले १०० जना भन्दा धेरै इजरायलीलाई बन्धक बनाएको आशंका गरिएको बीबीसीले जनाएको छ ।

दुई पक्षबीच अहिले पनि लडाईँ जारी छ । इजरायल र हमासबीचको यो युद्ध नयाँ भने होइन । उनीहरुबीच सन् १९९३ यता बारम्बार युद्ध हुँदै आएको छ । शताब्दी पुरानो कारणले इजरायल र प्यालेस्टाइनको सशस्त्र समूहबीच बारम्बार युद्ध चल्छ ।

मध्यपूर्वमा ओट्टोमान साम्राज्य थियो । त्यसका सम्राटलाई पहिलो विश्वयुद्धमा पराजित गर्दै बेलायतले प्यालेस्टाइन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लियो ।

त्यसताका त्यस क्षेत्रमा अरबीहरुको बाहुल्यता थियो भने यहुदीको संख्या निकै न्युन । बेलायतले यहुदीका लागि प्यालेस्टाइन क्षेत्रमा छुट्टै राष्ट्रिय आवास बनायो । बेलायतको यो कदमसँगै त्यहाँ दुई समुदायबीच तनाव सुरु भएको हो ।

यहुदीहरूको लागि त्यो स्थान पुर्ख्यौली थियो । तर अरबीहरुले पनि त्यस भूमीमा आफ्नो दाबी छोडेका थिएनन् ।

सन् १९२० देखि १९५० को बीचमा त्यहाँ युहदीहरु आउनेक्रम बढ्यो । दोस्रो विश्वयुद्धको नरसंहारपछि युरोपमा उत्पीडनमा परेका यहुदीहरु मातृभुमी खोज्दै त्यहाँ पुगे ।

सन् १९४७ मा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई  यहुदी र  अरबी राज्य बनाएर दुई भागमा विभाजन गर्ने र जेरुसेलमलाई यहुदी र अरबीमा राज्यमा नराखी छुट्टै अन्तर्राष्ट्रिय सहर बनाउने प्रस्तावमा मतदान भयो । यो प्रस्तावको समर्थनमा यहुदी नेताहरु थिए । तर अरबी पक्ष यसको विपक्षमा उभियो ।

प्रस्तावको विपक्षमा रहेका अरबी समूहले सन् १९४८, ६ मार्चमा यहुदी लडाकुविरुद्ध हमला गरे । यो नै अरबी र यहुदीबीच द्वन्द्वको  पहिलो सुरुवात थियो ।

इजरायलको निर्माण र प्रलय

सन् १९४८ मा बेलायतीहरुले समस्या समाधान गर्न नसकेपछि यहुदीहरुले इजरायल राज्य बनाउने घोषणा गरे । प्यालेस्टाइनहरुले त्यसको प्रतिरोध गरे । यसको विरोधमा छिमेकी राष्ट्रहरुबाट समेत प्यालेस्टाइनको हमलामा सहयोग भयो । हमला सुरु भएपछि हजारौं प्यालेस्टाइनहरु आफ्नो भूमि छोडेर भागे ।

युद्ध शान्तिमा परिणत हुँदाको बखतसम्म प्यालेस्टाइनको अधिकांश भूभाग इजरायलले आफ्नो नियन्त्रणमा लिएको थियो । जोर्डनले वेस्ट बैंङ्क र इजिप्टले गाजा कब्जा गरिसकेको स्थिति थियो ।

जेरुसेलम पनि पश्चिमी क्षेत्रमा इजरायली र पूर्वी क्षेत्रमा जोर्डनका सुरक्षाकर्मीले घेरिएको थियो । दशकौँसम्म त्यस क्षेत्रमा युद्ध जारी रह्यो । सन् १९६७ मा इजरायलले पूर्वी जेरूसेलम तथा वेस्ट बैंक मात्रै नभएर सिरियाको गोलन क्षेत्र र गाजा तथा इजिप्टको सिनाय प्रायद्वीपको केही भूभाग कब्जा गर्‍यो ।

प्यालेस्टाइन शरणार्थी तथा तीनका आफन्तहरु गाजा तथा वेस्टबैंकमा बस्छन् । कतिपयहरु जोर्डन, सिरिया र लेबननमा पनि बस्ने गरेका छन् ।

इजरायलले तिनीहरुलाई आफ्नो घर फिर्तीको लागि अनुमति दिएको छैन । उनीहरुलाई फिर्ताका लागि अनुमति दिएमा यहुदी राज्यमा संकट उत्पन्न हुने तर्क इजरायलले गरिरहेको छ ।

वेस्टबैंक अझै पनि इजरायलकै कब्जामा छ । गाजाबाट इजरायल पछि हटे पनि  संयुक्त राष्ट्रसंघले त्यसलाई अझै पनि नियन्त्रित इलाका मान्छ । इजरायलले जेरुसेलमको सबै भूभाग आफ्नो रहेको दाबी गर्छ ।

प्यालेस्टाइनले पूर्वी जेरूसेलम प्यालेस्टाइनको भविष्यको राजधानी रहेको दावा गर्छ । जेरूसेलमलाई अमेरिकाले मात्रै इजरायलको राजधीनका रुपमा मान्छ ।

५० वर्ष यतादेखि हालसम्म त्यहाँ ६ लाख भन्दा बढी यहुदीको बसोबास छ । अन्तर्राष्ट्रिय कानुन अनुसार विवादित त्यस्ता इलाकामा बस्ती बसाउन पाइँदैन । राष्ट्रसंघको सुरक्षा परिषद्मा यस विषयमा सवाल उठे पनि इजरायलले यस्ता प्रश्नलाई अस्वीकार गर्दै आएको छ।

के हो हमास ?

हमास प्यालेस्टाइनको सबैभन्दा ठूलो सशस्त्र समूह हो । इस्लाममा हमासको अर्थ प्रतिरोधको आन्दोलन हुन्छ । यो समूह सन् १९८८ मा खडा भएको थियो ।

इजरायलले वेस्टबैंक तथा गाजा स्ट्रिपमा कब्जा गरेपछि त्यसको प्रतिरोधका लागि यो समूह खडा भएको हो । इजरायललाई ध्वस्त बनाउनुनै यो समूहको प्रतिवद्धता हो ।

हमास दुईवटा उद्देश्यका साथ गठन गरिएको थियो ।

पहिलो- इजरायल विरुद्ध शस्त्र संघर्ष गर्न

र दोस्रो- सामाजिक कल्याणका कार्यक्रम सञ्चालन गर्न ।

हमासले  सैन्य रुपमा राजनीतिक गतिविधिका लागि इज्जेदिन अल कसिम ब्रिग्रेड गठन गरेको थियो ।

गाजाबाट इजरायली सेना फिर्तीका लागि हमास निकै लड्यो ।

सन् २००५ मा इजरायलले त्यहाँबाट सेना फिर्ता गरेसँगै हमास प्यालेस्टाइनको राजनीतिक प्रक्रियामा सामेल भयो ।

सन् २००६ मा त्यहाँको संसदीय निर्वाचनमा हमास विजयी भयो । चुनावमा विजयी भएसँगै हमासले  आन्दोलका विरोधी राष्ट्रपति महम्मुद अब्बासलाई वैधानिक रुपमै सत्ताच्युत गराएर गाजामा आफ्नो शक्ति विस्तार गर्‍यो ।

हमासले गाजामा आफ्नो शक्ति फैलाएसँगै त्यस समूहले इजरायलसँगै चारवटा द्वन्द्वको सामाना गरेको छ ।

इजिप्टले पनि हमासलाई एक्ल्याउन र उसको हमला रोक्नका लागि कडा नाकाबन्दी गर्दै इजरायलको साथ दिइरहेको छ  ।

हमासलाई पश्चिमा गठबन्धनमा आवद्ध मुलुकले आतंककारी भन्छन् । उनीहरु आफूलाई स्वतन्त्रताको लागि लड्ने समूह बताउँछन् ।

सन् १९९० मा प्यालेस्टाइन समूहले ओस्लो शान्ति सम्झौतालाई नमान्ने घोषणा गर्‍यो । अधिकांश प्यालेस्टाइनको प्रतिनिधित्व  गर्ने प्यालेस्टाइन मुक्ति संस्था र इजरायलबीचको सम्झौताकोविरुद्धमा एक समूह खडा भयो ।

हमासविरुद्ध प्यालेस्टाइन अधिकारीको कठोर नीति र इजरायली अपरेशनका बाबजुद यो समूह डगमगाएन । त्यस समूहले आत्मघाती हमलाको बाटो रोज्यो ।

यस सम्झौताको विरोधमा हमासले इजरायलका विभिन्न ठाउँमा दर्जनौँ आत्मघाती हमला गरायो । सन् २००० पछि हमास झन् शक्तिशाली हुँदै आयो ।

प्यालेस्टाइन सरकारसँग असन्तुष्टहरुलाई सेवा दिन उसले अस्पताल र स्कूल सञ्चालनमा ल्यायो । विस्तारै, हमासले आफ्नो युद्ध नीति पनि परिवर्तन गर्न थाल्यो । आत्मघाती विष्फोटमा आफ्नै धेरै क्षति बढेको र त्यसका बाबजुद पनि इजरायलले वेस्ट बैंक नछोडेपछि उनीहरुले केही नीति परिवर्तन गरे ।

सन् २००६ को निर्वाचनमा पनि हमासले संसदमा बहुमत ल्यायो । हमासले प्यालेस्टाइनसँग विगतका सरकारले गरेको सबै सम्झौता खारेज हुने घोषणा मात्रै गरेन इजरायलले प्यालेस्टाइन भूमि हिंसात्मक ढंगले लिन खोजेको वैद्यतामा कहिल्यै स्वीकार्य नहुने बतायो ।

हमासको वडापत्र १९८८

हमासको वडापत्रले प्यालेस्टाइनलाई वर्तमान इजरायलसम्म मानेको छ । त्यति मात्र नभएर समग्र भूमि इस्लामिक हुने र यहुदी पक्षसँग भएका कुनै पनि शान्ति सम्झौता नमान्ने त्यसमा लेखिएको छ ।

सन् १९८८ मा बनाइएको त्यस वडापत्र यहुदीविरुद्ध निकै निर्मम थियो । सन् २०१७ मा आएर त्यस वडापत्रको भाषा केही नरम भयो ।

विगतमा इजरायलको अस्तित्वनै त्यस दस्तावेजले स्वीकार गरेको थिएन  । तर अहिले उसले इजरायलको अस्तित्व दस्तावेजमा स्वीकार गरेको छ ।

हमासको दस्तावेजले भन्छ, ‘हाम्रो संघर्ष यहुदी वर्ग वा समुदायप्रति कदापी होइन । हाम्रो संघर्ष इजरायलको विस्तारवादी, विभेदकारी र आक्रामक विध्वंसको प्रतिरोधका लागि हो ।’

इजरायलविरुद्ध हमास कठोर रहेकाले उसले पश्चिमा र त्यसका सहयोगी राष्ट्रबाट आर्थिकसँगै कुटनीतिक प्रतिबन्ध व्यहोरिरहेको छ । सन् २००७ मा हमासले गाजाबाट फताहका सशस्त्र समूहलाई धपाएसँगै इजरायलले नाकाबन्दी थप कडा पारेको थियो।

गाजा पुनर्निर्माणको दुविधा

इजरायल र हमासबीचको सन् २०१४ मा भएको युद्धमा २ हजार २५१ प्यालेस्टाइनी मारिएका थिए । त्यसमा १४६२ निहत्था नागरिक थिए ।

इजरायलीतर्फ ६७  सैनिक र ६ निहत्था नागरिक मारिएका थिए । सन् २०२१ मा पनि ११ दिन लामो संघर्ष चलेको थियो । जसमा २५६ जना मारिएका थिए । गाजा क्षेत्रमा बारम्बार हुने रकेट हमला इजरायलको मुख्य सुरक्षा चुनौती हो ।

हमास र फतहको मेलमिलापको प्रयास सफल नहुँदा गाजा पुनर्निर्माणमा दुविधा उत्पन्न भइरहेको छ ।

२००६ यता प्यालेस्टाइनमा संसदीय निर्वाचन हुन सकेको छैन । सन् २०२१ मा घोषणा भएको चुनावमा हमास लड्न तम्तयार थियो । तर राष्ट्रपति अब्बासले अन्तिम समयमा चुनाव स्थगन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय