स्याङ्जाबाट लागुऔषधसहित एक युवक पक्राउ

२०८० आश्विन २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २२ असोज । स्याङ्जाको गल्याङ् नगरपालिकाबाट अवैध लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९८६२ नम्बरको बसमा सवार काठमाडौं बौद्ध बस्ने २९ वर्षीय दोर्जे लामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

 लामालाई अवैध लागुऔषधसहित गल्याङ नगरपालिका १ राम्दीबाट सोमबार पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजेपाम २८ एम्पुल, नुफिम ४८, एम्पुल र फेनरागन ४८ एम्पुल बरामद गरेको प्रवक्ता खनालले जानकारी दिनुभयो ।

 घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय