इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा माइतीघरमा दिप प्रज्वलन

२०८० आश्विन २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२६ असोज । इजरायलकाे द्वन्द्वमा ज्यान गुमाएका नेपालीको सम्झनामा माइतीघरमा दिप प्रज्वलन गरिएको छ ।

नेपाल एमालेको भातृ संगठन रिटर्नी फेडेरेसन नेपालको आयोजना शुक्रबार साझ माइतीघरमा दिप प्रज्वलन गरिएको हो ।

कृषिको ब्यबहारिक अध्ययनका लागि इजरायल गएका १० जना नेपाली बिद्यार्थीहरु गत २० गते बिद्रोही हमास समुहको आक्रमणमा परि मृत्यु भएको थियो । मृत्यु भएका नागरिककाे श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलनकाे आयोजना गरिएको फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभयो ।

रोजगारीको सिलसिलामा बिदेश बाट फर्किएकाहरुको सस्था फेडेरेसन नेपालले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको हकहितमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय