स्याङ्जामा मोटरसाइकल र जिप ठोक्किदा एक घाइते

२०८० आश्विन २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२६ असोज । सिद्धार्थ राजमार्ग स्थित स्याङ्जाको पुतलीबजार नगरपालिका ११ मायाटारीमा मोटरसाइकल र जिप एक आपसमा ठोक्किदा एक जना घाइते हुनुभएको छ ।

शुक्रबार दिउसाे करिब ४ बजे वालिङ्बाट स्याङ्जा तर्फ आउँदै गरेको ग.३ च. २९८९ नं. को जिपले लु. ५९ प. ८३६९ नं. को मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ शिखरपानी बस्ने बर्ष ४८ को हित बहादुर पाख्रिन  घाईते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार घाईतेकाे जिल्ला अस्पताल स्याङ्जामा उपचार पश्चात थप उपचारको लागि  पोखरा रिफर गरिएकाे छ । दाहिने हात र दाहिने खुट्टामा चोट लागेका उहाँकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय