स्याङ्जाका गाउँमा अहिलेसम्म पुगेन टेलिकमको टावर

२०८० कार्तिक १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १६ कात्तिक । सूचना एवम् प्रबिधिले निकै फड्को मारेको पाचौँ जेनेरेसनको अवस्थामा आईपुगेको सञ्चार जगत् कुनै ठाउँ यस्ता पनि छन् जहाँ सञ्चारबिहिन बन्न पुगेका छन् । त्यसैको उदाहरणको रुपमा रहेको छ, स्याङजाको पुतलीबजार-१२ पेल्काचौर जहाँ अहिलेसम्म टेलिकमको टावर पुगेको छैन ।

यो समस्या सुन्दर रमणिय ठाउँ स्याङ्जाको पुतलीबजर-१२ पेल्काचौरको हो । यहाँ चार सयभन्दा बढी स्थानीयको बसोवास छ । सदरमुकाम निकट रहेपनी अहिलेसम्म नेपाल टेलिकमको नेटवर्क नपुग्दा यहाँका स्थानीय संचार जगत्‌बाट पछाडी परेका छन् ।

पछिल्लो समय बैदेशिक रोजगारीका लागी बिदेश गएका स्थानीयहरु परिवारबिच सूचना आदान प्रदान तथा कल सेवा, ईन्टरनेट सेवा लिनवाट वञ्चित भएका छन् भने नेटवर्क टिपाउन चौतारी तथा अग्लो पडाडमा जानुपर्ने बाध्यता छ । जसले गर्दा सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गर्नवाट बन्चित रहेको बताउनुहुन्छ प्रकाश अर्याल र चिरन्जिबि शर्मा ।

नेटवर्क ब्यावस्थापनका लागी प्रदेश तथा संघमा समन्नय गरी ३ बर्ष अगाडि टेलिकमबाट प्राविधिक टोली आई निरीक्षणको काम गरेपनी टावर ब्यावस्थापनमा कुनै पहल नभएकाले नमस्ते सिम प्रयोग गर्नवाट वञ्चित भएका स्थानीयलाई सुबिधा पुर्‍याउनका लागी पहल गर्ने बताउनुहुन्छ पुतलिबजार-१२ का वडाध्यक्ष गन्जसीङ गुरुङ ।

दिनानुदिन सूचना संचार प्रबिधिले फडको मारेको अबस्थामा सदरमुकाम निकट भएको ठाउँमै टेलिकमको नेटर्वक नपुग्दा स्थानीय सेवा सुबिधावाट वञ्चित हुनु दुःखद अवस्था हो । यसको उचित पहल गरी सूचना संचार सेवा प्रदान गर्नु सम्बन्धित निकाएको दायित्व हो । बेलैमा यसको उचित कार्यान्वयनका लागी पेल्काचौरबासीको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय