भूकम्पपीडितलाई ठूलीभेरी नगरको सहयोग

२०८० कार्तिक १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जाजरकोट, १९ कात्तिक । जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद रु पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नगरप्रमुख श्रवणकुमार बुढाले भूकम्प पीडितलाई नगद रु पाँच लाख र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी दिनुभयो । उहाँ स्थलगत उद्धारमा समेत सहभागी हुनुभएको छ । विपद् परेको बेला हरेक स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट सकेसम्मको हातेमालो गरेर पीडित नागरिकलाई सान्त्वना दिन आवश्यक रहेको नगरप्रमुख बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार