वडा स्तरीय भलिबल प्रतियोगितामा फ्रेन्ड्स क्लब प्रथम

२०८० कार्तिक १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिजल राना
कार्तिक १९,स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कार्तिक १३ गते देखि सुरु भएको वडा स्तरीय भलिबल प्रतियोगिता सनिवार सम्पन्न भएको छ ।

पालिकाको वडा नं ३ मा रहेको वैघाको चुली भूयार खेल मैदानमा भएको खेलमा कालीगण्डी गाउँपालिका भित्रका २४ टीम सहभागी रहेको थियो । प्रतियगितामा प्रथम स्थान हासिल गरेको वडा नं २ को फ्रेन्ड्स क्लब,घुरडाडाँ लाई नगद रु ४५,००० हजार सहित ट्रफि ,मेडल र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी दोस्रो स्थान हासिल गरेको वडा नम्बर ३ मा रहेको रोनी कन्स्ट्रक्सन क्लबलाइ नगद रु २८,००० ,थियो भने तेस्रो स्थान हासिल गरेको वडा नम्बर ४ को विर्घा युथ क्लब लाई रु १८,००० सहित ट्रफि ,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो।

प्रतियोगितामा फ्रेन्ड्स क्लबका खेलाडी बसन झेडीलाई उत्कृष्ट खेलाडी घोषणा गरिएको थियो । त्यसैगरी वेस्ट इसपाईकर विदुर राना ले प्राप्त गर्नुभएको थियो भने वेस्ट डिफेन्डर बसन्त झेडीले प्राप्त गर्नु भएको थियो । वेस्ट सेटर जनक झेडी ,वेस्ट ब्लकर प्रतीक झेडी र वेस्ट सर्भर समिल थापालाई घोषणा गरिएको थियो।

शनिबार समापन भएको कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापा ,उपाध्यक्ष सावित्रा कोइरला, लगायत विभिन्न विद्यालयका शिक्षकहरु,खेलमैदान जग्गादाता लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय