पाल्पाको भूत खोलामा संगै पौडी खेल्न क्रममा डुबेर केटाको मृत्यु केटि घाइते

२०८० कार्तिक २१, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,२१ कार्तिक । केटा र केटि संगै पौडी खेल्ने क्रममा पाल्पाको भूतखोलमा डुबेर एक जनाको मृत्यु भएको छ भने संगै पौडी खेलेकी महिलाको घाइते हुनुभएको छ ।

मृत्यु हुनेमा रुपन्देही सिद्धार्थ नगरपालिका ९ बस्ने २२ बर्षिया बिमल आचार्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । संगै पौडी खेल्न गएकी सोही ठाउँ बस्ने २६ बर्षिया युना दाहाल घाइते हुनुभएको छ । घाइते दाहालको बुटवल हस्पिटलमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।

बिहान करिब १०:३० बजे घटेको घटनाको थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय