तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइचो

२०८० कार्तिक २४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २४ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइचो लागेको छ ।
काठमाडौं उपत्यका लगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइचो लागेको हो ।

काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगाएतका क्षेत्रमा भाइमसला, ढाका टोपी, झिलिमिली बत्ती लगाएतका सरसामान किन्नेहरु पुग्ने गरेका छन् । तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय