पाल्पामा टिप्पर दुर्घटना : एकको मृत्यु

२०८० मंसिर १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,१८ मङ्सिर । पाल्पा रैनादेवि छहरा गाउपालिका २ मा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा टिप्परमा सवार रिब्दिकोट गाउपालिका १ ख्या बस्ने २४ बर्षका शिर बहादुर पालुङ्गे रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

सिजि कम्पनीको कम्पाउण्ड भित्र लु १ क ३१६१ नम्बरको माटो बोकेको लोड टिप्पर  अनियन्त्रित भई पल्टिदा मृत्यु भएको हो ।

टिप्पर राति करिव ११:३५ बजे अनियन्त्रित भइ पल्टिएको  र दुर्घटना सम्बन्धि थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय