गृहमन्त्रीलाई भेट्न प्रधानमन्त्री हस्पिटल

२०८० मंसिर २०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२० मंसिर । छातीमा समस्य देखापरेपछी १९ गते साझ सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान अस्पताल पुग्नुभएकाे छ ।

मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्के सहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय