जैपतेमा मोटरसाईकल दुर्घटना, चालक घाइते

२०८० पुष २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २ पुस । कालीगण्डकी गा.पा. ७ मिर्मिबाट जैपते तर्फ आउँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक घाइते भएका छन् ।

घाइते हुनेमा कपिलवस्तु शिवराज न.पा ( वडा न.नखुलेको) चन्द्रौटा वस्ने वर्ष २४ को सलमान खान (काले) घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दीनुभयो ।

आइतबार राति मिर्मिबाट जैपते तर्फ आउँदै गरको लु.२१ प.५३८६ नम्बरको मोटरसाईकल आफैअनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्राथमीक उपचार कालीगण्डकी गरी थप उपचारको थप उपचारको मिशन अस्पताल पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेको बाया हात फ्याँक्चर भएको छ । टाउको,घाटिमा चोट लागेको र बोल्न नसक्ने अवस्था सिरियस रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय