स्याङ्जामा गोरू चराउन गएका व्यक्ति मृत अवस्थामा फेला

२०८० पुष ६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , ६ पुस । बिरूवा गाउँपालिका वडा नं. २ मा गोरू चराउन गएका एक व्यक्ति मृत अवस्थामा फेला भेटिएका छन् । चेप्टे बस्ने ३९ वर्षीय चन्द्र बहादुर राना मृत भेटिएका छन् । राना बिहिबार गोरू चराउन भनि मौवाघारी जंगलमा गएका र बेलुका गोरू फर्की आएको तर मानिस फर्की नआएकोले खोजतलास भइरहेको थियो ।

रानाको शव शुक्रबार बिहान ०९ बजे मौवाघारी जंगलमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर राना जानकारी दीनुभयाे ।

रानाको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएको र थप अनुसन्धान भइरहेकाे  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय