गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगी

२०८० पुष ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुरधाम,८ पुस। महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२(००२(०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजानी गरेको बताउनुुभयो ।

गौशाला नगरपालिका(१ रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर आगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाट जोगिएको हो ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय