कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सरकारको एक वर्षको समीक्षा हुने

२०८० पुष १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१२ पुस। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

बैठकमा सरकारको एक वर्षको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् ।

आजको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको जानकारी गराउने र त्यसमाथि छलफल हुनेछ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय