गल्याङमा सवारी दुर्घटना हुदा एकको मृत्यु

२०८० पुष १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा, १४ पुस । सिद्वार्थ राजमार्ग गल्याङमा सवारी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ ।

बुटवलवाट गल्याङ तर्फ आउदै गरेको लु ३८ प २४४५नम्वरको पल्सर बाईक र बिपरित दिशातर्फवाट बुटवल जाँदै गरेको लु १ ख ५१४३ नम्वरको ट्रक सिद्वार्थ राजमार्ग अन्तर्गत स्याङजाको गल्याङ नगरपालिका १ बझादि डाडामा एक आपसमा ठोकिदा बाईक चालककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरिक्षक पावल सिह लामाले जानकारी दिनुभयो । मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं २ बर्ष ४३ का दिपक थापा रहेका छन ।

दुर्घटना पछि ट्रक चालकलाई  प्रहरिले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय