मिर्मीको एक घरमा अज्ञात समूहद्वारा चोरी

२०८० पुष १९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशान भट्टराई
स्याङ्जा,१९ पौष । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँ पालिका-०७ मिर्मी फाटको एक घरमा गए राति चोरी भएको छ। कालीगण्डकी गाउँपालिका -०७ का कृष्ण प्रसाद भट्टराईको उक्त घरमा मध्यरातमा चोरी भएको अनुमान गरिएको छ। उक्त घर केही दिन यता खाली रहेको अवसर पारी , अज्ञात समूहद्वारा लुटपाट भएको छ।

घरको चेन गेट, सबै कोठामा लगाईएका ताल्चा फुटाएको अवस्थामा भेटिएका छन् ‌। दराज तथा भल्टहरू फोरिएका अवस्थामा छन् भने कपडा , भाडा लगायत अन्य सामानहरु जथाभावी फ्याकिएको अवस्थामा छन् । चोरी कुनै सामानको लागि नभएर पैसा र गरगहनाका लागि गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय