लुम्विनी प्रदेशमा २ सिटका लागि सातको उम्मेदवारी

२०८० पुष २३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लुम्विनी,२३ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्विनी प्रदेशमा २ सिटका लागि सात जनाको उम्मेदवारी परेको छ ।

महिला कोटामा ३ जना र अन्य कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले जानकारी दिनुभयो । महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठवन्धनबाट नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिहको उम्मेदवारी परेको छ । त्यस्तै एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठवन्धनबाट माओवादीका झक्कु सुवेदी , राप्रपाबाट निरञ्जन कुमार थापा र जनमत पार्टीका वालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय