स्याङ्जा ,२९ पुस । बालिङ नगरपालिका वडा न ९ भकुण्डे स्थित सिदार्थ राजमार्गमा लागू औषध सहित एक जना पक्राउ परेका छन ।
आइतबार साझ ५ बजे पर्वत कुश्मा नगरपालिका वडा न १० बस्ने २३ बर्षका अजय नेपालीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।


नेपालीले बोकेको झोलाबाट नोफिन ४९ एम्पुल ,डाइजेपाम ४९ एम्पुल ,फेनरागन ४९ एम्पुल गरि १४७ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
नेपालीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको छ ।