मिर्मी आधिमुहानमा गाडीको ठक्करबाट एकको मृत्यु

२०८० माघ १, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निशान भट्टराई
स्याङ्जा, १ माघ । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर (७ मिर्मी आधिमुहानमा बसको ठक्करबाट एक स्थानीयको मृत्यु भएको छ। कालीगण्डकी गाउँ पालिका (०७ मिर्मी आधिमुहान निवासी करिब ३२ वर्षे अजित बोटको घटना स्थलमै मृत्यु भएको छ।

कालीगण्डकी ए जलविद्युत आयोजना माथिको उकालोमा रिडी तर्फ हिड्रदै गरेको ग १ ख ४१५० नम्बरको बसको ठक्करबाट करिब बिहानको ८:१५ मा उक्त व्यक्तिको मृत्यु भएको छ। लोपोन्मुख बोटे समुदायको परम्परा अनुसार माघे सङ्क्रान्तिको दिन पितृहरूको नाम मुठी चडाउने परम्परा अनुसार बिहान बुबाको नाममा मुठी चडाउन कालीगण्डकीको तिरमा हिडेका अजित बोटेको गाडीले पछाडिबाट ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयाे ।

बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय