त्रिशूलीमा खसेको जीप निकालियो, मान्छे भटिएनन्

२०८० माघ २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन ,२ माघ । मंगलबार बिहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् । प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ ।

नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने नभेटिएको चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुुभयो ।
नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय