पत्रकारिता क्षेत्रमा मेरो पहिलो अनुभव

२०८० माघ ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ग्रामीण क्षेत्रमा पत्रकारिताको विकासको लागि हेर्ने कुरा डटकमले २०८० पौष २१ र २२ गते गल्याङमा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको थियो । नेपाल पत्रकार महासंघ स्याङजा शाखा र स्याङजा पत्रकार समाज नेपालको समन्वयमा सञ्चालन भएको यो तालिम मेरो जीवन को पहिलो अनुभव थियो ।

वास्तवमा भन्ने हो भने मलाई पत्रकारिताको वारेमा केही थाहा थिएन । मैले सोच्ने गर्थे कि समाचार बनाउन दुःख हुँदैन,यो सबैले बनाउन सकिन्छ तर म गलत रहेछु । मैले यस दुई दिने तालिममा सहभागी भए पछि थाहा पाए की समाचार बनाउन सजिलो हुँदोरहेनछ ।

यस तालिममा हामीलाई प्रशिक्षण गर्न कान्तिपुर मिडिया ग्रुप पाल्पाका सम्वाददाता माधव अर्याल आउनु भएको थियो । उहाँले धेरै सरल किसिमले पत्रकारिताबारे जानकारी दिनुभएको । यस तालिम लिनुभन्दा अगाडि समाचार कसरी बनाउने, त्यसलाई कसरी पोस्टिङ गर्ने भन्ने वारेमा म अज्ञात थिए । मलाई लाग्थ्यो समाचार लेख्दा जस्ता कुरा राख्दा पनि हुन्छ,तर वास्तवमा मैले यस तालिम लिइसकेपछी मात्र थाह पाए कि समाचारमा के, कहाँ, किन, को, कहिले र कसरी भन्ने शुत्र प्रयोग गर्नुपर्छ र यो कुरालाई समेटिसके पछि मात्र एउट राम्रो समाचार बन्छ । समाचार लेख्दा महत्वपूर्ण कुरालाई अगाडि राख्नुपर्नेहैछ ।

हामी पत्रकार भइसकेपछि निडर हुनु पर्छ भन्ने कुराको ज्ञान पाए । तालिम लिदै गर्दा गल्याङ प्रहरी चौकीका कार्यालय प्रमुख यमनाथ बगाले सर जोडिनुभयो र उहाँले अहिले देश बिदेशमा फैलिएको साइबर अपराधको बारेमा जानकारी दिनुभयो । उहाँले समाजमा बढि रहेको जातीय भेदभाव, बहुविवाह, बलात्कार सम्बन्धित कुराहरू भन्नु भयो। उहाँले लागूपदार्थ सेवन गरेवापत लाग्ने जरिमाना र सजायको बारेमा ज्ञान दिनु भयो । तालिममा गल्याङ एफएमका स्टेसन म्यानेजर केपि खनालले रेडियोमा समाचार कसरी पोस्ट गर्ने लगायतको जानकारी दिनु भयो।

यो तालिम नलिग्दै त मेरो खासै ठुलो उद्देश्य त थिएन तर यो तालिम लिगिसके पछि मेरो धेरै उद्देश्यहरू जागेको छ। पत्रकार भनेको देशको पिल्लर हो । घर बल्लियो हुनकोलागि जग बल्लियो हुनु पर्छ भने देश बलियो हुनको लागि हामी जस्ता पत्रकारहरू निडर र बलियो हुनु पर्दछ।

निकेश थापा
गल्याङ नगरपालिका ११, जिमुवा
स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय