लामिछानेलाइ सहकारीको पैसा हिनामिना गरेको आरोप, ४:३० बजे पत्रकार सम्मेलन गर्दै

२०८० माघ ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । सभापति लामिछानेले सोमबार दिउँसो साढे ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नुभएको हो।

आफूमाथि सहकारीको पैसा हिनामिना गरेको आरोप लागेपछि उहाँले पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्रनुभएको छ सम्पूर्ण गाली गलोजहरु सुरक्षित राख्नु होला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनु होला ।

लामिछानेविरुद्ध सहकारी विभागमा समेत उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार