बिरामी चेकजाँच गर्ने एक नक्कली डाक्टर पक्राउ

२०८० माघ ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ८ माघ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा बिरामी चेकजाँच गर्ने एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पोलिक्लिनिक सञ्चालन गरि बिरामी चेकजाँच गर्ने विराटनगर–२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई सार्वजनिक गरेको हो ।

प्रहरीले उनका साथबाट नक्कली प्रमाणपत्र, नक्कली चिकित्सक दर्ता नम्वर , टिचिङ अस्पतालको नक्कली परिचय पत्र समेत बरामद गरेको छ । भट्टाचार्यले विगत केहि महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको उपचार गरेको र धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो । आफुलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्सी बताउने भट्टचार्यले वैदेशिक रोजगारीमा जानेहरुका लागिमेडिकल रिपोर्ट समेत बनाउँदै आएको खुलेको थापाले बताउनुभयो ।

पक्राउ परेका भट्टचार्यमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय