ललितपुर महानगर एलर्ट मोबाइल एप सञ्चालमा ल्यायो

२०८० माघ १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ माघ । ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप सञ्चालमा ल्याएको छ ।

नगरवासीको गुनासो, विपत्को जानकारी तथा कुनै समस्याहरुको तत्काल सम्बोधनका लागि महानगरले उक्त मोवाइल एप सञ्चालनमा ल्याएको हो । मोबाइल एप मार्फत २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिने महानगरले जनाएको छ ।

महानगरपालिका क्षेत्र भित्र कुनै पनि समस्या, विपत्ति, वा गुनासो भएमा आफ्नो सन्देस नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने बताइएको छ ।

मोबाइल एप शुभारम्भ गर्दै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले स्थानीयहरुको सहजताका लागि मोबाइल एप निर्माण गरिएको जानकारी दिनुभयो । उहाले महानगरभित्र स्मार्ट सडक बत्ति राख्ने कामलाई तीव्रता दिएको बताउनुभयो ।

महानगरका अनुसार इन्टरनेट नभएको खण्डमा पनि एलर्ट मोबाइल एप चलाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय