अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु

२०८० माघ २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अर्घाखाँची,२० माघ । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिनुुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीयले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय