अरुण चौधरीले जग्गा फिर्ता गर्ने तयारीमा

२०८० माघ २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २० माघ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उद्योगी अरुण चौधरीसँग बयान लिएको छ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा चौधरी अहिले सीआईबीको नियन्त्रणमा छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा अनुसन्धान अधिकृतहरूसँग अरुण चौधरीले जग्गा फिर्ता गर्न तयार रहेको बयान दिएका छन् । उनले भनेका छन्–‘हाम्रो लगानी अनुसार बाँसबारी छाला जुत्ता कारखानाले जग्गा दिएको थियो तर, सो जग्गा फिर्ता गर्न म तयार छु ।’

जग्गा हिनामिना गरेको अपरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय